Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

१९औं एसियाली खेलकुद : पब्जीको सेमिफाइनलमा नेपाल पराजित

१९औं एसियाली खेलकुद : पब्जीको सेमिफाइनलमा नेपाल पराजित

  • 1.4K
    SHARES

  • १९औं एसियाली खेलकुद  : पब्जीको  सेमिफाइनलमा नेपाल पराजित

    हाङझाउ,असोज १३ ।

    १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत इस्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धामा पदक जित्ने नेपालको आशा समाप्त भएको छ ।चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा शनिबार बिहान भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि नेपालको पदक सम्भावना टरेको हो ।

    सेमिफाइनलमा नेपाका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले प्रतिस्पर्धा गर्नुभएको थियो । नेपाल शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

    अब नेपालले इस्पोर्ट्समा डोटा स्पर्धामा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । डोटामा नेपालले शनिबार नै किर्गिस्तानसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आश्विन १३ २०८००९:४६:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology