बुटवल,असाेज १२ ।
बुटवल उद्योग वाणिज्य संघको अधिवेशनबाट चुनिने नयाँ नेतृत्वको लागि हरीप्रसाद अर्याल प्यानलले उम्मेवारी घोषणा गरेको छ । असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ अधिवेशनबाट संघको नेतृत्वका लागि अध्यक्ष पदमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहनुभएका अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरिएको हो ।
उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी घोषणा गर्नुभएको हो ।वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई घाेषणा गरिएका दुबै प्यानलमा उम्मेदवार छन् ।
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महशुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताउनु भयो । उहाँले उम्मेदवारी घोषणा गर्दै आफू र आफ्नो समुह विजयी भएमा ११ बुँदे प्राथमिकता पनि राख्नुभएको छ ।
यो समुहबाट कार्यसमिति सदस्यमा काशीराम पौडेल, दीपक चापागाई, जमुना पौडेल, लोकनाथ पाण्डे, जगन्नाथ न्यौपाने, नमकला वेलवासे, रामबहादुर भण्डारी, सुनिता बञ्जाडे, गणेश भट्टराई, दीपक घिमिरे, माधवप्रसाद भुसाल, कमला पन्थ, ज्ञानबहादुर पुन, दीप आचार्य, सवर मिया, इर्साद अली र नारायण रायमाझीको उम्मेदवार रहनेछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)