बुटवल,असाेज ११ ।
खानपीन र शारीरिक व्याममा ध्यान दिन सकेमा मुटु रोगबाट बच्नसकिने एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् । बुटवल–१० रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मुटु दिवस–२०२३ को अवसरमा बिहीबार आयाेजना गरेको अन्तक्र्िया कार्यक्रम बोल्नेहरुले खानपिन र शारीरिक व्यायाममा ध्यान दिन सकेमा पनि मुटु रोग लाग्नबाट बच्न सकिने बताएका थिए ।
कार्यक्रममा अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमलेसबै उमेर समूहका व्यक्तीहरुमा मुटु रोगदेखिने भएकाले स्वयमं व्यक्ती आफैसचेतहुनुपर्नेमा जोड दिंदै उहांले महिलामा भन्दा पुरुषमा मुटुरोगको समस्या धेरै देखिने गरेको बताउनुभयो ।उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, तनाव गर्ने, मो टोपन, धूमपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने डा.गौतमले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले अस्पताललाई दिने अनुदान रकम तत्काल उपलबध ग राउन आफुले पहल गर्ने गृहमन्त्री पाण्डेयले बताए । साथै उन तिलोत्तमामा अस्पतालको नयां भवन निर्माणका लागि जग्गा उपानपलब्ध प्रतिबद्धता समेत बताए ।
गृहमन्त्री पाण्डेयले मुटु अस्पताललाई थप व्यवस्थीत गरि सञ्चालन गर्नका लागि प ्रदेश सरकारले आबश्यक सहयोग गर्ने बताए । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मुटु असपताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताए । देशका अनाबश्यक कानुनले गर्दा सुरु भएका आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको उनले बताए ।
कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले २०७०सालमा स्थापना भएको अस्पतालले स्वास्थ्य क्षेत्रमा ठूलो फड् को मारेको बताए ।अस्पतालमा ६ जना मुटुरोग विशेषज्ञ डाक्टरलेसेवा दिइरहेको बताउँदै उनले काठमाडौं बाहिर यतिधेरै संख्यामा मुटुरोग विशेषज्ञ डाक्टर भएको पहिलो अस्पताल रहेको दावि गरे ।
प्रदेशमासबैभन्दा धेरै मृगौलाका बिरामीहरुले मुटु अस्पतालमै डायलाइसिस गर्ने गरेकोबताउंदै ४७० जनाले डायलाइसिस गराइरहेको अध्यक्ष आलमले जानकारी दिए । त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारले अस्पतालको सेवा सुधारमा ध्यान दिनुपर्ने बताए । रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले तत्कालिन समयमा रुपन्देही उद्योग संघको परिकल्पना अनुसार सुरु भएको अस्पतालकोसेवा अहिले बिस्तार भएको बताए ।
कार्यक्रममा मुटु अस्पतालमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतम, डा. राजेशकुमार पन्जीयार, डा .अभिषेक शाक्य, डा.मजार खान, डा.सचिन ढुंगेल र डा.विशाल केसीलाईसम्मान गरिएको थियो । कार्यक्रममा मुटु अस्पतालमा उपचार गराएर निको भइसकेका बिरामीहरुले अस्पतालकोसेवा र आ–फ्नो स्वास्थ्यबारे आआफ ्नो भनाई राखेका थिए ।कार्यक्रमकोसञ्चालन अस्पतालका महासचिव बाबुराम बोहोराले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)