Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बिश्व रेबिज दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम

बिश्व रेबिज दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम

  • 1.2K
    SHARES

  • बिश्व रेबिज दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम

    बुटवल,असोज ११ ।

    बिश्व रेबिज दिवसको अवसरमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य सरोकारवाला कार्यालय तथा निकायको सहकार्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।

    बुटवलको मिलनचौकमा रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बाट सुरु भएको प्रभातफेरी बुटवल उपमहानगरपालिकामा गएर अन्तरक्रिया कार्यक्रममा परिणात भएको थियो ।रुपन्देही स्थिति विभिन्न पशुपंक्षि क्षेत्रका कार्यालय, संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि सहित पक्लिहवा कृषि क्याम्पस भैरहवाका विद्यार्थीको सहभागीतामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

    नियमित रेबिज विरुद्धको खोप लगाउँ, रेविज हुन बाट बचौं सहित का विभिन्न चेतानामुलक, सन्देशमुलक प्लोकार्ड, व्यानर सहितको प्रभातफेरी बुटवलको मिलनचौकबाट नयाँ बसपार्क, अस्पताल लाईन, ट्राफिक चौक, हटाबजार लाईन हुँदै बुटवल उपमहानरपालिका रहेको स्थान बुटवल–४ मा पुगेर अन्तरक्रिया मा परिणत भएको थियो ।

    जिल्ला संम्वय समितिका प्रमुख तथा पशु प्राविधिक समेत रहेका उमाकान्त चपाईंले कार्यक्रममा बोल्दै रेविज बाट बच्नको लागि खोप नै प्रमुख विकल्प भएको बताएका थिए । कार्यक्रममा बुटवल उपमहानरपालिकाका उप प्रमुख सावित्रा देवी अर्यालले छाडा चौपायबाट रेबिज सर्ने संभावना उच्च रहेको भन्दै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा लागिपरेको बताईन ।

    कार्यक्रममा प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रवक्ता, प्रमुख नापी अधिकृत ९भूमिश्रोत नक्सांकन महाशाखा प्रमुख अनिल मरासीनी, पशुपंक्षि तथा मत्स्य विकास महाशाखा प्रमुख घनश्याम चौधरी, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्याय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा। प्रवेश सिंह कुँवर लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    कार्यक्रममा डा. भरत काफ्लेले रेबीज रोगको विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसबाट बच्ने उपाय लगायतको विषयमा आ आफ्नो भनाई राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology