Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पैगम्बर मुहम्मदको १४९८ औं जन्मोत्सव : नेपाल अपाङ्ग आश्रममा खाद्यान्न बितरण

पैगम्बर मुहम्मदको १४९८ औं जन्मोत्सव : नेपाल अपाङ्ग आश्रममा खाद्यान्न बितरण

  • 2.0K
    SHARES

  • पैगम्बर मुहम्मदको १४९८ औं जन्मोत्सव : नेपाल अपाङ्ग आश्रममा खाद्यान्न बितरण

    बुटवल,असोज १० ।

    बुटवलमा रहेको रजा-ए-मुस्तफा जामे मस्जिद समितिको आयोजनामा नेपाल अपाङ्ग आश्रमका अपाङ्गता भएकाहरुलाइ खाद्यान्न वितरण गरिएको छ । ईस्लाम धर्मावलम्बीहरुको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

    मानवता एवं भावनात्मक हिसाबले आश्रममा रहेका त्यस्ता अपाङ्गहरुको मनोबलमा सकारात्मक प्रभाव परोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईलले बताएका हुन ।

    नेपाल अपांग आश्रमका संचालक डोलबहादुर थापाको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईल अलिले गरेका थिए ।

    कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष हाजी अब्दुल सहमतले इस्लाम धर्मावलम्बीहरुको ठुलो चाडलाई रचनात्मक रुपमा मनाउने गरि यो वर्ष फरक कार्यक्रमहरु गरिएको भन्दै ईस्लामिक अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, आश्रमलाई सहयोगका कार्यक्रम सम्पन्न भएको बताए ।

    बुधबार साझ मिलादुननबी र विहिबार बिहान जन्मजयन्तीको खुशियालीमा बाजागाजासहित बजार परिक्रम कार्यक्रम हुने उनले बताए । हाल बुटवल उपनगरपालिकामा ५ हजार ईस्लाम धर्मावलम्बीहरु समुदायमा रहेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology