Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे लुम्बिनीको अवलोकन भ्रमण

पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे लुम्बिनीको अवलोकन भ्रमण

  • 1.0K
    SHARES

  • पुर्वप्रधानमन्त्री  माधवकुमार नेपालले गरे लुम्बिनीको अवलोकन भ्रमण

    बुटवल,असोज ९।

    पुर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण  गरेका छन। 

    पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा,सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष शिद्दिचरण भट्टराई ,प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले स्वागत गरेका थिए ।

    नेपालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुका साथै मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरे। पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको थियो। 

    लुम्बिनीलाई वृहत क्षेत्रको हिसाबले विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकास गर्न पहल गर्न  उपाध्यक्ष डा. लामालाई शुभकामना समेत व्यक्त गरेका हुन् ।

    लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै उहाँले लुम्बिनी लगायत बुद्ध सँग सम्बन्धित पुरातात्विक क्षेत्रलाई समेटेर वृहत्तर लुम्बिनीका रुपमा विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology