Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गायक रामचन्द्र चन्द र आमा पुनमको स्वरमा खोली निउरो सार्वजनिक

गायक रामचन्द्र चन्द र आमा पुनमको स्वरमा खोली निउरो सार्वजनिक

  • 7.7K
    SHARES

  • गायक रामचन्द्र चन्द र आमा पुनमको स्वरमा खोली निउरो सार्वजनिक

    बुटवल,असोज ७ ।

    गायक रामचन्द्र चन्द र उनकी आमा पुनम चन्दको स्वर रहेको  गीत खोली निउरो सार्वजनिक भएको छ ।

    आज्ञा क्रिएशनको प्रस्तुती रहेको गीतमा आधुनिक सहरको खोजीमा मानिसहरु सहर केन्द्रित भएपछि पहाडी बस्तीका घर पाखा सुनसान हुन लागेको कथा छ । त्यसैगरी छोरा छोरीहरु सहर पसेपछि गाउँमा भएका आमा बुवालाई बृद्धाश्रममा लगेर राख्ने गरेको पछिल्लो घटनाक्रमलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।

    गीत तथा संगीत हेमन्त खरालको रहेको छ भने एरेन्ज रामचन्द्र चन्द आफै गरेका छन् । युट्यूवमा हेर्न सकिने यो गीतको निर्देशन हेमन्त खरालले र सम्पादन अमृत चापागाईले गरेका छन् । भिडियोको छायाँकन बसन्त महर्जनले गरेका छन् ।

    पहाडी जीवनको वस्तुस्थिति गीतमार्फत मार्मिक ढंगले प्रस्तुत गरिएको छ । चन्दका सिर्जनाहरु सुन्ने खालका हुन्छन् ।भिडियोको नाम खोली निउरोलाई केन्द्रमा राखेर त्यसैको सेरोफेरामा गीतलाई केन्द्रित गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology