Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल गाेलपार्क दुर्गा मन्दिर परिसरमा सन्ध्याकालीन माहाआरती हुने

बुटवल गाेलपार्क दुर्गा मन्दिर परिसरमा सन्ध्याकालीन माहाआरती हुने

  • 3.3K
    SHARES

  • बुटवल गाेलपार्क दुर्गा मन्दिर परिसरमा सन्ध्याकालीन माहाआरती हुने

    बुटवल,असाेज ७।

    ४४औँ विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा  बुटवल गोलपार्क स्थित दुर्गा मन्दिर परिसरमा सन्ध्याकालिन माहाआरती हुने भएको छ ।यहि असोज ९ गते सांझ ६ बजे शंखध्वनीका साथ आरती हुने र साथमा शिव तान्डव झाँकी र भजन पनि समाबेश गरिएको छ ।

    धर्म संस्कृति प्रति हाम्रो सम्मान पर्यटन प्रबर्द्धन हाम्रो अभियान भन्ने मुल नारा लाइ आत्मसाथ गर्दै सन्ध्याकालिन आरति गर्न लागेको कार्यक्रम संयोजक गणेश भट्टराईले नागरिक अनलाइनलाइ बताउनु भयो ।

    बिगतमा देखिएको आरती कार्यक्रम प्रति दर्शकको घुइचो र महत्व रहेकोले नै साे अवसर पारेर संन्धाकालिन आरती गर्न लागिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एनेन्ट नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताउनुभयो ।

    दुर्गा मन्दिरमा दैनिक अथवा साप्ताहिक आरती हुने हो भने छिमेकी उत्तर प्रदेशका धार्मिक पर्यटकलाई आकर्षिक गर्न सकिने विश्वास गरिएको छ । बुटवलमा धार्मिक तथा सास्कृतिक पर्यटनमा नयाँ आयाम थपिने र सन्चालन मा आएको लुम्बिनि केवल कार सन्चालन मा यसले विशेष भूमिका खेल्ने उहाँको भनाइ छ ।

    जस्कालागि सम्बन्धित विभिन्न निकायबाट अवलोकनका लागि निमन्त्रणा गरिसकिएको र कार्यक्रमको तयारी पुरा भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology