तुलसीपुर,असोज ७ ।
तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने २ जना सडक आश्रित लाई उद्धार गरिएको छ । मानव सेवा आश्रम को अगुवाइमा सडक पेटीमा रात बिताउने मानव हरुको उद्धार गरिएको हो ।
दिउँसो को समयमा खोज्न गारो हुने भएकोले राती सुतेको अवस्थामा उदार गर्न सजिलो हुने भएकोले रातीको ९ बजे पछि सडक पेटी चाहरदै सडक आश्रित हरुको उद्वार मा हिँडेको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बताउनु भयो । शनिबार सल्यान कपुरकोट घर बताउने अन्दाजी ७०-७५ वर्षका लाल बहादुर ओली लाई तुलसीपुर को बसपार्क क्षेत्र बाट उदार गरिएको हो । दस छोरी र ५ जना छोरा बताउने ओली मानसिक रूपमा असन्तुलन भएको देखिन्छ । वर्षौ सम्म ननुहाएको शरीर ले सडकको झल्को दिइरहेको थियो ।
लगाउन नदिएपछि गल्ली र चोकहरुमा माग्दै खाँदै हिँडेको हो ओलीले भन्नुभयो । यस्तै तुलसीपुर ६ बरुवागाऊ घर बताउने ३२ वर्षीय मोहन चौधरी लाई घोराही रोड बाट सडक पेटीमा सुतिरहेको अवस्थामा उद्वार गरिएको हो । चौधरीले आमाको मृत्यु पश्चात सडकमा रात बिताउँदै आयको जानकारी दिनुभयो ।
पश्चिम दाङ घर बताउने सोही ठाउँमा आश्रम लिएका सुदन रेग्मीले आफ्नो अर्धागिनिको को मृत्यु पश्चात आफू भौतारिएर हिँडेको बताएका छन् । प्लास्टिकको झोलामा पुराना देखिने कपडा एक दुई जोर, आँखामा राख्ने औषधि लगायत केही सामान साथमा राखेर सुतेका थिए भने सुत्न को लागि बोकेको लत्ता कपडा पनि छ । खान बस्न पाइन्छ भनेपछि खुसी हुँदै मानव सेवा आश्रम मा जान राजी समेत भएका थिए ।
अबस्था बुझ्दा उनी धेरै महिना बाट सडकमा बसेको बुझिएको छ । मानव सेवा आश्रमले जुनसुकै समयमा सडक पेटीमा रात बिताउने हरुको उदार गरेपनि शनिबार भने विशेष उदार अभियान सञ्चालन हुने गरेको आश्रमका संयोजक हिरु जोशीले बताउनु भयो । देशका १९ ओटै शाखा हरुबाट शनिबार विशेष उदार अभियान एकै समयमा हुने गरेको समेत जानकारी दिनु भयो ।
विविध कारणले खुल्ला आकशमुनि रात बिताउने हरुको लागि उदार गर्न जुनसुकै समयमा जानकारी गराउन जोशीले अपील गर्नु भएको छ । अहिले आश्रममा ६५ जना रहेका छन् । मुठी मुठ्ठी को सहयोगले धेरै पुण्य काम भएको हुनाले सहयोगी हातले साथ दिन प्रमुख जोशीले सम्पूर्णमा आग्रह गर्नु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)