बुटवल,असाेज ७ ।
दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल २ को १३ औं साधारणसभा सम्पन्न भएको छ ।अध्यक्ष हिकबहादुर दलार्मी मगरको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि रूपन्देही बचत तथा ऋण सहकारीका अध्यक्ष बसन्तप्रसाद ढकालले सहकारीहरू मुल्य मान्यतामा रहनुपर्ने बताए ।
सो अवसरमा प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ ,सल्लाहकार महेश पोखरेल,गरिमा सहकारीका अध्यक्ष कृष्णप्रसाद देवकोटा ,शेयर सदस्य धना लामा लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत सल्लाहकार खेमप्रसाद गौतम र संचालन सचिव गौतमलाल शाक्यले गरेका थिए । सहकारीको कुल चुक्ता शेयर पुजी १ करोड ८५ लाख ३८ हजार र ६५२ शेयर सदस्य छन् ।
सो अबसरमा कोषाध्यक्ष दिपक खड्गी,लेखा सुपरिबेक्षण समिति संयोजक हेमबहादुर थापाको प्रतिबेदन पास भएको छ ।
साधारणसभाका अवसराम एसईईमा उत्कृष्ट अंक ल्याउने २ जना कान्तिको सुदर्शन श्रेष्ठ ,दीप बोर्डिङको सास्ता शाक्य सम्मानित भएका छन् ।
उनीहरूलाइ नगद २ हजार ५ सय र प्रशंसापत्र दिइएको हो भने ९ जना जेष्ठ शेयर सदस्यलाई प्रतिमहिना ३०० का दरले भत्ता बितरण गरिएको सहकारीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)