Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता : कुवँरवर्तीलाई उपाधि, दुर्गा शैक्षिक गृह उपविजेता

प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता : कुवँरवर्तीलाई उपाधि, दुर्गा शैक्षिक गृह उपविजेता

  • 1.9K
    SHARES

  • प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता : कुवँरवर्तीलाई उपाधि, दुर्गा शैक्षिक गृह उपविजेता

    बुटवल,असाेज ५ । 

    अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगितामा कुवरवर्ती इङ्गिस बोर्डिङ स्कुलले जितेको छ । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीको आयोजनामा भएको दोस्रो प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता २०८० मा कुवँरवर्तीका बिद्यार्थीहरुले उपाधि चुम्दै प्रदेशमा छनौट भएको हो ।

    उनिहरुले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा रानीगंजामा बसोबास गर्ने थारु समुदायको लोक संस्कृतिलाई समेटेर तयार गरेको मयुर झर्रा गित प्रस्तुत गरेका थिए । उपाधिसंगै टिम नगद १५ हजार रुपैयासहित मायाको चिनोबाट पुरस्कृत भएको छ । भक्तपुरमा नाचिने प्रमुख आर्कषणको नृत्य माक प्याख प्रस्तुत गरेका दुर्गा शैक्षिक गृहका विद्यार्थीहरु उपविजेता बन्दै नगद १२ हजार रुपैया, मायाको चिनोबाट पुरस्कृत भएका छन । यसैगरि लुम्बिनी बोर्डिङ स्कुलका विद्यार्थीहरुले प्रस्तुत गरेका च्याब्रुङ नृत्य तेस्रो हुदै नगद १० हजार रुपैया, मायाको चिनो तथा लमजुङ बेसी शहरमा नाचिने गुरुङ जातीको आर्कषणको नृत्य कृष्ण चरित्र प्रस्तुतका साथ बुटवल एक्स आर्मी सान्त्वना हुदै नगद ८ हजार रुपैयासहित मायाको चिनोबाट पुरस्कृत हुने छन ।

    एक समारोहका बिच प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, लोकभाषा संरक्षक तथा निर्णायक राम बहादुर गुरुङ, प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद पन्थी, केन्द्रीय सदस्य खेमेन्द्र राना, तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, लेखा समिति सदस्य लेखनाथ पौडेलले विजेता, उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले लोक संस्कृतिलाई बचाउने गरि संस्थागत विद्यालयको उदाहरणीय कार्य अघि बढाएको बताए । उनले संस्थागत विद्यालयको शैक्षिक विकाससंगै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षासंगै अन्तरनिहित प्रतिभा प्रस्फुटनका धेरै क्रियाकलापमा महत्वपुर्ण योगदान दिएका बताए । उनले शिक्षा विधयेक निजी विद्यालयमैत्री आउनुपर्नेमा समेत जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी पाण्डे, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले, जिल्ला सचिव दिपक खनालले कला संस्कृति एकबाट अर्कोमा हस्तान्तरण हुने हुदा पनि विभिन्न कार्यक्रमबाट यसमा सहयोग मिल्ने बताए ।

    प्रतियोगितामा सहभागी विद्यार्थीहरुले घाटु, च्याब्रुङ, केलाङ, टप्पा, लड्डी, सखिया पैया नृत्य, सतार, भुडकेली, छलिया, मारुनी, तामाङ सेलो, झरझरिया, मयुर झर्रा नाच प्रस्तुत गरेका थिए । अघिल्लो वर्ष रुपन्देही जिल्ला उत्कृष्ट छनौट भएर केन्द्रमा भाग लिने अवसर पाएको थियो ।
    प्रतियोगिताको निर्णायक वरिष्ठ लोकनृत्य प्रशिक्षक नगेन्द्र राईले नेपाली भाषासंस्कृतिको संरक्षणलाई प्रोत्साहन हुने गरि नमुना कार्य भएको बताए । प्रतियोगितामा प्रस्तुत नृत्यमा विशेष गरि लोक नाचको मौलिकता, कोरियोग्राफी अनुसार विद्यार्थीको प्रस्तुती, भेषभुषा, संस्कृति अनुसारको ताल, लय र कोरियोग्राफिलाई मुल्याकन गरि अंकको आधारमा विजेता घोषणा गरिएको उनले बताए ।

    कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले जिल्लाका रहेका निजि विद्यालयका विद्यार्थीहरुको शैक्षिकसंगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताए । पालिका स्तरमा भएको प्रतियोगितामा उत्कृष्ट भई छनौट भएका विद्यालयहरु जिल्ला प्रतियोगितामा भाग लिने अवसर पाएको उनले बताए ।

    प्रतियोगितामा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुल, गार्गी एकेडेमी, एशियन लाईट, लुम्बिनी बोर्डिङ स्कुल, बुटवल एक्स आर्मी, देवदेह मदरटङ्ग, दुर्गा शैक्षिक गृह, ज्ञान गंगा पाठशाला, आदर्श विद्या मन्दिर, युरो किड्स, लिटल प्याराडाईज, सिद्धार्थ फर्साटिकर गरि १२ टिमले आफ्नो प्रस्तुती गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology