Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

चेम्बर अफ कमर्श रुपन्देहीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चेम्बर अफ कमर्श रुपन्देहीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  • 1.2K
    SHARES

  • चेम्बर अफ कमर्श रुपन्देहीको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    भैरहवा,असाेज ५ । 

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन) रुपन्देहीको आयोजनामा भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संगठनको शनिबार हुने १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनको पूर्व सन्धयामा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । रगतको अभावले कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ज्ञवालीले बताए ।

    संगठनले वृक्षारोपण, सरसफाई, विपदमा राहत लगायतका कार्यक्रम गर्दै आएको छ । ‘उद्योगी–व्यवसायीको हकहितमा काम गर्ने निजी क्षेत्रको संस्था भए सामाजिक क्षेत्रमा पनि संगठनले काम गर्दै आएको छ, ’ज्ञवालीले भने ।भैरहवास्थित भीम अस्पतालमा भएको कार्यक्रममा १३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक राम प्रसाद सापकोटाले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले रक्तदान सबैभन्दा उत्तम र मानवीय सामाजिक कार्य भएको बताए । भीम अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका भण्डारीले अस्पताललाई कार्यक्रम गर्ने स्थान रोजेकोमा संगठनलाई धन्यवाद दिए । उनले अस्पतालमा आउने बिरामीलाई रगतका लागि टाढा जान नपरोस् भन्ने उद्देश्यले अस्पतालमै एउटै ब्लड बैंक स्थापना गरिएको बताए । ‘सकभर यही रहेको ब्लड बैंकबाट भीम अस्पतालमा आउने बिरामीलाई रगत उपलब्ध गराउने लक्ष्य छ, ’भण्डारीले भने ।

    उनले भीम अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएकोले अस्पतालले इतिहास रचेको र अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको दावी गरे । उनले सीमित जनशक्तिले अस्पताल व्यवस्थापनमा ग्राहो भइरहेको बताए । अस्पतालको विकासका लागि १ सय बेड क्षमताअनुसार जनशक्तिको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

    चेम्बर अफ कमर्श, रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले रक्तदान जीवनदान भन्ने नाराका साथ संगठनले रक्तदान कार्यक्रम गर्दै आएको बताए । उनले वार्षिक कार्ययोजना अनुसार शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । ‘धेरै वर्षअघि रक्तदान कार्यक्रमहरु कम हुँदा रगत पाउनै समस्या थियो, तर अहिले परिस्थिति बदलिएको छ । अहिले विभिन्न संघ–संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन्, ’खत्रीले भने ।

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक राम प्रसाद सापकोटाको स्वागत तथा संगठनका महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    उद्योग व्यापार संगठन रुपन्देहीको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन शनिबार (भोली) सिद्धार्थनगर नगरपालिका–९ स्थित संगठनको सभाहलमा हुने कोषाध्यक्ष राम मिलन यादवले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology