Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश सरकारले जनचाहाना अनुसारको काम नगर्न नसक्दा प्रदेश माथि नै प्रश्न उठ्याे : अमिक शेरचन

प्रदेश सरकारले जनचाहाना अनुसारको काम नगर्न नसक्दा प्रदेश माथि नै प्रश्न उठ्याे : अमिक शेरचन

  • 1.3K
    SHARES

  • प्रदेश सरकारले जनचाहाना अनुसारको काम नगर्न नसक्दा प्रदेश माथि नै प्रश्न उठ्याे : अमिक शेरचन

    बुटवल,असोज ४ ।

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरेचनले प्रदेशले देखिने गरी काम गर्न नसक्दा प्रश्न उठेको बताएका छन् । संबिधान दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले प्रदेश सरकारले जनचाहाना अनुसारको काम नगर्न नसक्दा प्रदेश माथि प्रश्न उठ्ने गरेको बताएका हुन् ।

    प्रदेशले जनचाहाना अनुसारको काम गर्न सके सरकार माथि प्रश्न नउठ्ने भएकाले देखिने गरी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । साथै लुम्बिनी प्रदेशले अन्य प्रदेशले भन्दा राम्रो काम गरेर अन्य प्रदेशले अनुसरण गर्ने गरी काम गर्नु पर्ने बताए । लामो संङघर्ष पछि निर्माण भएको यो संविधान मौलिक प्रकृतिको भएको बताउँदै सबैले संविधान अनुसार काम गरे देशको विकास छिट्टै उनले दाबी गरे ।

    प्रदेश प्रमुखले आयोजना गरेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा मुख्यमन्त्री डिल्लीप्रसाद चौधरी, सभामुख तुलाराम घर्ति, प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology