Logo बिहिवार, आश्विन १ गते २०८३
images

अब स्वदेशमा रोजगारी सृजना गर्ने गरी राजनीतिक कार्यक्रम आवश्यक :घनश्याम भुसाल

अब स्वदेशमा रोजगारी सृजना गर्ने गरी राजनीतिक कार्यक्रम आवश्यक :घनश्याम भुसाल

  • 1.7K
    SHARES

  • अब स्वदेशमा रोजगारी सृजना गर्ने गरी राजनीतिक कार्यक्रम आवश्यक :घनश्याम भुसाल

    बुटवल,असोज २ ।

    नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको राजनीतिक बाटो पहिल्याउन नसक्दा मुलुकबाट युवा जनशक्ति रोजगारीको नाममा विदेशल पलायन भइरहेको बताउनुभएको छ ।

    उहाँले संविधान निर्माणपछि बनेको सरकारको नेतृत्वकर्ताले राष्ट्रिय पूँजीको विकास गर्न नसक्दा त्यसबाट समाजमा निराशा र अराजकताले प्रंसय पाएको बताउनु्भयो । उहाँले अब स्वदेशमा रोजगारी सृजना गर्ने गरी राजनीतिक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

    नेकपा एकिकृत समाजवादी रुपन्देहीले मंगलबार बुटवलमा कार्यकर्तासँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आगामि १० बर्षमा मुलुक बनाउने ऐजेन्डा सहित नेकपा एकिकृत समाजवादी छिट्टै देशव्यापी अभियानमा सामेल हुने उल्लेख गर्नुभयो ।
    भुसालले  संविधानमा समाजवाद उन्मुख भनेर लेखिएपनि त्यसको स्पष्ट बाटो कुनै पनि दलसँग नभएको बताउँदै अब त्यसको अगुवाई एकिकृत समाजवादीले गर्ने दाबी गर्नुभयो ।

    आगामी १० वर्षमा राष्ट्रिय पूँजीको विकास गर्दै देशमा रोजगारीको वातावरण सृजना गर्ने बताउनुभयो । उहाँले नेपालबाट युवाहरु विदेश पलायन हुनेक्रम बढेको बताउँदै त्यो जनशक्तिलाई नेपालमै रोजगारी दिएर राष्ट्रियपूँजीको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

    ‘हरेक वर्ष देश छोड्नेहरुको संख्या बढेको छ, ३ लाखबाट ८ लाख पुगिसक्यो, यो अवस्था निकै भयानक हो’ महासचिव भुसालले भन्नुभयो –‘अब हामीले हाम्रा छोराछोरीलाई विदेश पलायन हुनबाट रोक्ने गरी राजनीतिक रुपमा ऐजेन्डा र कार्यक्रम बनाउँदैछौं ।’उहाँले आगामि माघमा हुने नेकपा एकिकृत समाजवादीको महाधिवेशनसम्म आफुहरुले १० बर्षमा राष्ट्रिय पूँजीको विकास गर्ने स्पष्ट योजना र खाका तयार पारेर राजनीतिक बाटो स्पष्ट पार्ने बताउनुभयो ।

    उहाँले प्रतिनिधिसभाको विघटन विरुद्धको लडाईँमा सफलता हासिल गरेको बताउँदै अब नेपाली मोडेलको समाजवादको कार्यक्रम समेत आफुहरुले नै दिने दाबी गर्र्नुभयो । ‘अहिले हाम्रा सामु, अबको बाटो के भन्ने प्रश्न छ’ भुसालले भन्नुभयो –‘यसका लागि एक डेढ महिनामा हामीले स्पष्ट राजनीतिक कार्यदिशा ल्याउछौंँ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology