Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहिलो पाईला बुटवलले अर्घाखाँचीमा बाँड्यो विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला

पहिलो पाईला बुटवलले अर्घाखाँचीमा बाँड्यो विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला

  • 2.2K
    SHARES

  • पहिलो पाईला बुटवलले अर्घाखाँचीमा बाँड्यो विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला

    बुटवल,असोज  १  ।

    पहिलो पाईला नेपाल बुटवलले अर्घाखाँचीमा पुगेर अति गरिव तथा विपन्न विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरेको छ । बुटवल शाखाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा गरिब, असहाय तथा अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरेको हो ।

    सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको पहिलो पाईला नेपाल बुटवल शाखाका अध्यक्ष विनोद बस्यालले जानकारी दिए ।

    पहिलो पाईला नेपालको शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला विद्यार्थीहरुलाई वितरण गरेको उनले बताए ।

    कार्यक्रमको अध्यक्ष बुटवल शाखाका शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षता, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।

    सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपाललाई शुभकामना दिए । उनले विद्यार्थीहरुलाई झोला, पोशाकका साथै शैक्षिक सामाग्री प्रदान गर्दा विद्यार्थीहरुमा उत्साह हुने गरेको र यसले विद्यार्थीहरुलाई विद्यालयमा निरन्तर आउन प्रेरित गर्ने बताए ।

    कार्यक्रममा पहिलो पाईला नेपाल केन्द्रीय महासचिव बिनोद महत, भुमेकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख तोपलाल सापकोटा, वडा नं ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, भुमिकास्थान नगरपालिका वडा नं ३ का वडा सदस्यहरु होम बहादुर सुनार, दासु राम भुसाल, बिस्नु सुवाल नरेन्द्र पाण्डे, सिद्धार्थ आधारभुत बिद्यालय प्राचार्य खेमराज भाट, शंकर जनसेवा आधारभुत बिद्यालयका प्राचार्य सालिकराम खनाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्य लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।pahilo.jpg

    कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताए ।

    शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेको सिद्धार्थ आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी समीप नेपालीले बताए ।


    पहिलो पाईला नेपाल बुटवल शाखाका सह–कोषाध्यक्ष नरेस न्यौपानेको स्वागत, कोषाध्यक्ष सन्तोष के।सीको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको सञ्चालन शाखाका सचिव राजन अधिकारीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology