बुटवल,मंसिर २८-
नेपालमा आज थप ८३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१८१ जनाको पीसीआर परीक्षणमा ८३० जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १५०० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३५ हजार ७ सय ३१ जना छन् । नेपालमा निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १६९८ रहेको छ ।गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ जना संक्रमित भएका छन् ।
तीमध्ये काठमाडौंमा २५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जना संक्रमित थपिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)