Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुख्य न्यायधिवक्ताको कार्यालयले बुझायो लुम्बिनीका प्रदेश प्रमुखलाई प्रतिवेदन

मुख्य न्यायधिवक्ताको कार्यालयले बुझायो लुम्बिनीका प्रदेश प्रमुखलाई प्रतिवेदन

  • 1.1K
    SHARES

  • मुख्य न्यायधिवक्ताको कार्यालयले बुझायो लुम्बिनीका प्रदेश प्रमुखलाई प्रतिवेदन

    बुटवल,भदौ २९ ।

    लुम्बिनी प्रदेश सरकार बिरूद्व परेका मुद्दामध्ये ८२ प्रतिशत मुद्दा सफल भएको मुख्य न्यायधिवक्ताको कार्यालयले जनाएको छ ।

    शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष प्रदेश मुख्य न्यायधिवक्ता कार्यालयको बार्षिक प्रतिवेदन पेस गर्दै लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता डा. बुद्धबहादुर थापाले प्रदेश सरकार बिरूद्व परेका मध्ये ८२ प्रतिशत मुद्दा सफल भएको जानकारी गराएका हुन् ।

    गतबर्षबाट जिम्मेवारी सरी आएका ८२ र चालु आर्थिक बर्षमा दर्ता भएका ६७ गरि १४९ मुद्दा रहेकोमा ५० वटा मुद्दा फर्छयौट भएको भन्दै उनले फर्छयौट भएका ५० मध्ये ४१ वटा रिट खारेज भएको र ९ वटामा रिट जारी भएको बताए ।

    मुख्य न्याधिवक्ताको कार्यालयबाट निजामती कर्मचारी सहित हालसम्म ७२ बटा कानुन निर्माण भई पारित भएको जनाउँदै मुख्य न्यायधिवक्ता थापाले प्रदेशमा संबैधानिक इजलासको ब्यवस्था समेत गरिएको बताए ।सिमित स्रोत साधन र जनशक्तिका बाबजुद मुख्य न्यायधिवक्ताको कार्यालयले कानुन निर्माण प्रक्रिया र प्रतिउत्तर लेखन सम्बन्धि प्रशिक्षण दिदै आएको जानकारी गराए ।

    उनले आम नागरिकलाई कानुनी शिक्षा जरुरी रहेको बताए । मुख्य न्यायधिवक्ता कार्यालयको बार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले ८२ प्रतिशत मुद्दा सफल हुनु राम्रो पक्ष भए पनि सरकारले गरेका कामलाई लिएर मुद्दा पर्नु चिन्ताको बिषय भएको बताए ।

    उनले संविधान र कानुनको आधारमा सरकारलाई सुझाव दिनुप र्नेमा जोड दिए ।प्रदेश सरकार जनमुखी र राष्ट्रवादी भएर काम गर्न जरुरी रहेको भन्दै उनले केन्द्रीकृत मानसिकता त्यागेर प्रचलित ऐन कानुनको परिधिमा रहेर जनताका आकांक्षा पूरा गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।team.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology