बुटवल,भदाै २९ ।
एम्स कलेज बुटवलमामा अध्ययनरत विद्यार्थीहरुको समुह काउन्सिल अफ एम्स स्टुण्डेट(क्यास)ले हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज नृत्य प्रतियोगिता एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालले विद्यार्थीलाई सस्कृतिलाई मर्यादित ढङ्गवाट आत्मबोध एवम हस्तान्तरण गराउन कार्यक्रमको आयोजना गरिएको वताउनुभयो । प्रतियोगितात्मक रुपमा सम्पन्न कार्यक्रमा जया श्री बराल प्रथम, सन्ध्या खत्री दोश्रो र तुलसा भण्डारी र गङ्गा अर्यालको समुह तेश्रो भएका छन ।
क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षता,कलेजकी छात्रा सरिता चौधरीको सन्चालन, इशा पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रध्यापकहरु बाबुराम पाण्डे, भोजराज पङ्गेनी, सुरज क्षेत्रीले शुभ कामना मन्तब्य दिनु भएको थियो । निर्णायकको भूमिकामा प्राध्यापकद्वय सुमित्रा ज्ञवाली र यशोदा खरेल रहनुभएको थियो ।
कलेजका २०० विद्याथी को सहभागितामा सम्पन्न कार्यक्रमको सम्योजन क्यासकी अध्यक्ष लक्षिता खनालले गर्नुभएको थियो । कार्यक्रममा सम्पूर्ण विद्यार्थी, पा्रध्यापक, कर्माचारीहरुले सामुहीक दर खादै एक आपसमा शुभकामना आदान प्रदान गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)