बुटवल,भदौ २६ ।
रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ।
सोमबार संघले आफ्नो १९ औं वार्षिक उत्सवको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको विशेष उपस्थितिमा रक्तदान कार्यक्रम गरेको हो।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् र रुपन्देहीमा रगतको कमि नहोस् भन्ने उदेश्यले संघले १९ औं वार्षिकोत्सबमा रक्तदान कार्यक्रम गरेको अध्यक्ष लक्ष्मण पोख्रेलले बताउनुभयो।
रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको जानकारी दिँदै कार्यक्रम संयोजक रविन्द कुमार श्रेष्ठले अगामी दिनमा पनि संघले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)