Logo बिहिवार, आश्विन १ गते २०८३
images

निजामती कर्मचारी युनियन रुपन्देहीको तीज मिलन

निजामती कर्मचारी युनियन रुपन्देहीको तीज मिलन

  • 3.1K
    SHARES

  • निजामती कर्मचारी युनियन रुपन्देहीको तीज मिलन

    बुटवल,भदौ २३। 

    नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले हरितालिका तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।नेपाली कांग्रेस केद्रीय सदस्य गंगा शाहीको प्रमुख आतिथ्यमा उक्त शुभकामना आदान प्रदान तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन कार्यवाहक अध्यक्ष उत्तम कटुवाल, रुपन्देही नेपाली कांग्रेसका पार्टी सभापति एवं तिलोत्तमा नगर प्रमुख रामकृष्ण खांण,लुम्विनी प्रदेशसभा सदस्य जमुना ढकाल, नेपाल निजामति युनियन केन्द्रिय महासचिव जनक रावल,नेपाल निजामति कर्मचारी युनियन केन्द्रिय उपमहासचिव गणेश भण्डारी,इन्दु शर्मा, तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे,नेपाल निजामति कर्मचारी युनियन केन्द्रिय सदस्य बिनोद अधिकारी,नविन पन्थी, नेपाल निजामति कर्मचारी युनियन प्रदेश सचिव भगवती पन्थी, लगायतको सहभागिता रहेको थियो ।

    त्यसैगरी कार्यक्रममा नेपाल कर्मचारी युनियन जिल्ला रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,नेपाल कर्मचारी युनियन जिल्ला कपिलवस्तु अध्यक्ष भुक बहादुर आले, नेपाल कर्मचारी युनियन जिल्ला अर्घाखाँची अध्यक्ष माधव अर्याल लगायत विभिन्न जिल्लाबाट उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि वक्ताहरुले तीजको महत्व बुझेर भड्किलो रहित मनाउन आग्रह गर्नुभएको थियो ।

    तिलोत्तमा नगरपालिका स्थित बोधीभिल्ला होटलमा सम्पन्न भएको कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीकी उपाध्यक्ष अनिता वि।क।थारु को अध्यक्षता र ऐश्वर्या आचार्यको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।

    nijamati.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology