Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्रीको राजीनामा माग्दै बुटवलमा नेविसंघको राँके जूलूस 

गृहमन्त्रीको राजीनामा माग्दै बुटवलमा नेविसंघको राँके जूलूस 

  • 5.9K
    SHARES

  • गृहमन्त्रीको राजीनामा माग्दै बुटवलमा नेविसंघको राँके जूलूस 

    बुटवल,भदाै २२ ।

    नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथी भएको खुकुरी प्रहारसँगै देशको शान्ती सुरक्षा माथी गम्भीर प्रश्न उठेको भन्दै नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसले राके जूलूस सहित विरोध प्रदर्शन गरेको छ ।

    घाइते सहमहामन्त्री महेन्द्र यादवको जिम्मेवारी सरकारले लिनुपर्ने र अपराधिलाई तुरुन्त कानुनी कारबाहीमा ल्याउन नेविसंघ बुटवल बहुमुखी क्याम्पसले सरकारलाई आग्रह गरेको छ । 

    नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका सभापति सुमन गुरुङको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रममा, नेपाली काङ्ग्रेस बुटवल उपमहानगरपालिकाका सचिव छाया पोख्रेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुन्दर अर्याल, नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सम्शेर खड्का, नेविसंघ राममणि क्याम्पसका सभापति एरिक केसि, नेपाल तरुण दल बुटवल वडा नं १ का सभापति नेता मनिष श्रेष्ठ, नेविसंघ सिसिटि क्याम्पस सभापति विधान खत्री, लुम्बिनी वाणिज्य क्याम्पसका स्ववियु सचिव निराजन खरेल, नेविसंघका विद्यार्थी नेताहरु ॐहरि आचार्य, ऋषि पन्थी,  बिपिन्द्र पाण्डे, माधव बेल्बासे, प्रमोशन खड्का लगायत १०० भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेता नारायण घिमिरे ञभावुकझले गरेका थिए । 

    नेविसंघ बुटवल बहुमुखी क्याम्पसका सभापति सुमन गुरुङ्ले यो टेलर मात्रै रहेको र परिस्थितिले चलचित्र प्रदर्शन गर्न परेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    त्यसैगरी नेपाली काङ्ग्रेस बुटवलका नेता छाया पोख्रेलले देशमा शान्ती सुरक्षा माथी प्रश्न चिन्न खडा भएको र सहमहामन्त्री प्रती भएको खुकुरी प्रहार प्रती गम्भीर खेद प्रकट गर्दै अपराधीलाई तुरुन्त कारबाही गर्न गृहमन्त्रालयलाई आग्रह गरेका छन् ।

    नेविसंघका केन्द्रिय सदस्य सुन्दर अर्यालले शान्ती सुरक्षा माथि चिन्ता व्यक्त गर्दै यसै गरि छानी छानी पार्टिका नेताहरु माथी हमला हुँदै गए नेपाल विद्यार्थी संघ कलम बिसाएर मण्डलेका गुण्डाहरुको अराजकतालाई तह लगाउन मसाल बोक्न तयार भएको बताए ।nsu.jpg

    नेविसंघ रुपन्देहीका सभापति सम्शेर खड्काले गणतान्त्रिक मुलुकमा अराजकताको उदयको संकेत देखिएको र समग्र नेपाली असुरक्षित महुशुस भएको बताउँदै सहमहामन्त्री महेन्द्र यादवको शिघ्र स्वास्थ लाभको कामना गरेका छन् ।

    नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसले नयाँ नेतृत्व सँगै सुमन गुरुङको अध्यक्षता पश्चात् राजनैतिक , समसामयिक तथा शैक्षिक गतिविधिमा सक्रियता पाएको छ । खुकुरी प्रहार बाट घाइते नेपाली काङ्ग्रेसका केन्द्रिय सहमहामन्त्री महेन्द्र यादव उपचाररत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology