Logo बिहिवार, आश्विन १ गते २०८३
images

ज्ञानपुञ्जमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम 

ज्ञानपुञ्जमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम 

  • 8.6K
    SHARES

  • ज्ञानपुञ्जमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम 

    बुटवल,भदौ १९ ।

    बुटवल ११, नहरपुरमा रहेको ज्ञानपुञ्ज इबो स्कूलले जन्माष्टमी २०८० को पूर्व सन्ध्यामा जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    ज्ञानपुञ्ज बाल क्लवका उपाध्यक्ष संस्कृत न्यौपानेको अध्यक्षता, विद्यालयका प्राचार्य  तोयाराम पौडेलको प्रमुख आतिथ्यता, सह–प्राचार्य हिमलाल न्यौपाने एवम् इसिए प्रमुख  हरि भट्टराईको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम तीन चरणमा सम्पन्न भएको थियो ।

    पहिलो चरणमा पूर्व–प्राथमिक तह, दोस्रो चरणमा प्राथमिक तह र तेस्रो चरणमा आधारभूततह तथा माध्यमिक तहले कृष्ण राधा सम्वन्धि विभिन्न झाँकीहरु तथा अभिनयहरु प्रस्तुत गरेका थिए। अभिनय तथा झाँकीहरुको अवलोकन गरी उत्कृष्ट अभिनय तथा झाँकी प्रस्तुतगर्ने विद्यार्थी समूहलाई मायाको चिनो प्रदान गरिएको थियो ।1693912418145.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तोयाराम पौडेलले श्रीकृष्णले भनेझैं सबै विद्यार्थीहरुले आफ्नो कर्ममा विश्वास गरेर अघि बढे भाग्यले पनि साथदिने बताउनुभयो ।

    कार्यक्रममा सह–प्राचार्य हिमलाल न्यौपाने, इसीए प्रमुख हरि भट्टराई लगायतले श्रीकृष्णका विचारले विद्यार्थी, शिक्षकतथा समग्र मानवजगतलाई पारेका प्रभावका बारेमा मन्तब्य राख्नुभएको थियो । उक्त कार्यक्रम कक्षा नौ की छात्रा बिपना जि।सी।ले सञ्चालन गर्नुभएको थियो ।1693912418115.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology