बुटवल,भदौ १९ ।
बुटवलमा जारी नेकपा एमालेका प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा मतदान जारी छ ।चारदिनसम्म सहमतिको प्रयास गरेपनि असफल भएपछि आज बिहानबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । अधिवेशनको भदौ १६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
रुपन्देहीको बुटवलमा रहेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा शुरु भएको छ ।
बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताउनुभयो कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका मानिनुहुन्छ ।
लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको हो ।



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)