Logo बिहिवार, आश्विन १ गते २०८३
images

महिला संघ रुपन्देही-२ को आयोजनामा बुटवलमा तीज मिलन

महिला संघ रुपन्देही-२ को आयोजनामा बुटवलमा तीज मिलन

  • 3.0K
    SHARES

  • महिला संघ रुपन्देही-२ को आयोजनामा बुटवलमा तीज मिलन

    बुटवल,भदाै १८ ।

    नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको आयोजनामा बुटवलमा तीज मिलन कार्यक्रम गरिएको छ । नेपाल महिला संघ रुपन्देही क्षेत्र नं. २ को आयोजनामा सोमबार बुटवलमा तीज मिलन कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले पार्टीमा रहेका दिदी बहिनी बिचमा आपसी सद्भाव र भाईचारा अभिबृद्धि गर्नको लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले पार्टीलाई बलियो पनि बनाउने बताउँदै समय समयमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनाई राख्नुभयो ।

    त्यस्तैगरी नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउँदै त्यसमा महिला दिदी बहिनीको भूमिका महत्वपूर्ण हुने भनाई राख्नुभयो ।

    teej.jpg

    महिला संघकी लक्ष्मी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेतृ लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ का सभापति परशुराम ढकाल, नेपाली काँग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवलका मेयर खेलराज पाण्डेय, वडा सभापति केशरी पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम काँग्रेस बुटवल नगर समितिकी सचिव गंगा पन्थीको सञ्चालनमा भएको थियो । कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।teej dar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology