Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

भारतबिरुद्ध आसिफ शेखको अर्धशतक प्रहार

भारतबिरुद्ध आसिफ शेखको अर्धशतक प्रहार

  • 1.7K
    SHARES

  • भारतबिरुद्ध आसिफ शेखको अर्धशतक प्रहार

    बुटवल,भदाै १८ ।

    एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। उनले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरे। त्यतिबेला नेपालले २७.२ ओभरमा ४ विकेटको क्षतिमा ११३ रन जोडेको थियो।

    खेलमा कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भएका थिए।कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा बोल्ड भए। भीम सार्की पनि ७ रनमा भारतका रविन्द्र जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए। 

    नेपालका ओनपर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेका थिए। 

    भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हाने।यद्यपी भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology