बुटवल, भदौ १८ ।
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल दुई रनमा पवेलियन फर्कनुभयो ।
रविन्द्र जडेजाले कुशल मल्ललाई मोहम्मद सिरजाको हातबाट क्याच आउट गराउनुभयो । नेपाल २१.५ ओभरमा चार विकेटको क्षतिमा १०१ रनको स्थितिमा छ ।
एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, आसिफ शेख । उनले सोमबार भारतविरुद्घको खेलमा अर्धसतक बनाएका हुन् । उनले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्घ अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् । आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् । २२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ४२ रन बनाएका छन् । उनी अझै क्रिजमा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)