Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कलाकार बिबि पौड्यालको तीज गीत ‘मायाको नजरमा‘’

कलाकार बिबि पौड्यालको तीज गीत ‘मायाको नजरमा‘’

  • 2.1K
    SHARES

  • कलाकार बिबि पौड्यालको तीज गीत ‘मायाको नजरमा‘’

    बुटवल,भदाै १८ ।

    कलाकार बिबि पौड्यालले हरितालिका तीज २०८० लाई लक्षित गरी नयाँ तीज गीत बजारमा ल्याएका छन् । आफ्नै शब्द तथा स्वर रहेको  ‘मायाको नजरमा’ बोलको गीतलाई बुटवलमा सार्वजनिक गरिएको हाे ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको कार्यसमिति सदस्य समेत रहेका उनले महिलाहरुलाई नाच्न तथा सुन्न मिल्ने दुबैका लागि उपयुक्त हुने गरी नयाँ भाका ल्याएको उल्लेख गरे ।

    गायीका सुनिता बुढाले स्वरमा साथ दिएको उक्त गीतका लागि युवराज आचार्यको लय रहको छ भने गीतको म्युजिक भिडियो छायाङ्कन, निर्देशन तथा सम्पादन मनिष पन्थले गरेका छन् । युवराज आचार्यको यूटुव च्यानमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकार लोकेन्द्र शाहले नृत्य निर्देशन गरेका हुन् । विभिन्न कलाकारसहित चिजा गुरुङले अभिनयसँगै म्युजिक भिडियोमा डेब्यू गरेकी छन् ।

    गत वर्ष ‘विहेको निम्ता दिएको’ बोलको पञ्चे बाजा बजारमा ल्याएका गायक पौड्यालले त्यसअघि ‘गैरी कुना खेत’ बोलको गीत समेत बाजारमा ल्याइसकेका छन् । यो वर्षको तीज लक्षित नयाँ गीतका म्युजिक भिडियोहरु बुटवल आसपासका रहेका छन् भने स्थानीय र नयाँ कलाकारलाई समेत अवसर प्रदान गरिएको हुँदा दर्शक श्रोताको राम्रो साथ पाउने अपेक्षा गायक बि।बि। पौड्यालले गरेका छन् ।

    बुटवलमा एक औपारिक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतमा टिप्पणी गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष विमलराज भट्टराईले नयाँ पुस्ता र यथार्थतालाई पस्किनेगरी गीत आएको हुँदा दर्शक श्रोताले राम्रै साथ दिने विश्वास व्यक्त गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology