बुटवल,भदौ १७ ।
नयाँगाउँ माध्यमिक बिद्यालयमा कक्षा ११ का नव आगन्तुक बिद्यार्थीलाइ स्वागत कार्यक्रम गरेको छ ।
कक्षा १२ की छात्रा सोनिया भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल,विशिस्ट अतिथी प्रधानाध्यापक पुरुषोत्तम भट्टराई ,शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्र भण्डारी,सहायक प्रधानाध्यापक बिष्णुप्रसाद काफ्ले , भरतमणी घिमिरे, कक्षा ११ र १२ संयोजक सुर्य बहादुर राना, पार्बती केसी लगायतले बोलेका थिए ।
प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले नयाँगाउँ अब नमुना बिद्यालय भएकोले बिद्यार्थीको चाप बढेको बताउनुभयो ।
सो अवसरमा पुरस्कार बितरण र सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कक्षा ११ मा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)