Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पाको तानसेन–१२ गाईघाटमा स्कार्पियो दुर्घटना,६ जना घाइते

पाल्पाको तानसेन–१२ गाईघाटमा स्कार्पियो दुर्घटना,६ जना घाइते

  • 5.5K
    SHARES

  • पाल्पाको तानसेन–१२ गाईघाटमा स्कार्पियो दुर्घटना,६ जना घाइते

    पाल्पा, भदौ १६ ।

    जिल्लाको तानसेन–१२ गाईघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार रुपन्देहीको सालझण्डीदेखि गुल्मीतर्फ आइरहेको बा १६ च  ४३७३ नम्बरको स्कार्पियो जिप ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

    घाइतेहरूको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्कार्पियो जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

    तीन दिनअघि पनि गाईघाट नजिकै जोर्तेमा स्कार्पियो जिपमाथि ढुङ्गासहितको पहिरो खस्दा तीन जनाको मृत्यु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology