Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेले लुम्बिनीमा प्रतिनिधि छनोटमा गुटबन्दी गरेपछि ...

एमालेले लुम्बिनीमा प्रतिनिधि छनोटमा गुटबन्दी गरेपछि ...

  • 2.7K
    SHARES

  • एमालेले लुम्बिनीमा प्रतिनिधि छनोटमा गुटबन्दी गरेपछि ...

    बुटवल,भदौ १६ ।

    नेकपा एमाले लुम्बिनी प्रदेशको प्रतिनिधि छनोटमा एकलाैटी गरेको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नेता हजरल बेलाल राजुले प्रतिनिधि छनोटमा गुटबन्दी गरी आफूलाई पाखा लगाएको गुनासो गरेका छन्।

    प्रदेश कमिटी सदस्यसमेत रहेका बेलाललाई सर्वसम्मत प्रतिनिधि छनोट गर्ने नाममा अबेरसम्म पर्खाएर भदौ ९ गते शनिबार प्रतिनिधि घर फर्केपछि निर्वाचन गराएर पाखा लगाएको भन्दै गुनासो गरेका हुन्। शनिबारदेखि बुटवलमा सुरु हुन गइरहेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा आफूलाई केन्द्रीय सदस्य तथा लुम्बिनी सा‌ंस्कृतिक नगरपालिका इन्चार्ज सावित्रा अर्यालले पार्टीको विधि, विधान मिचेर प्रतिनिधि हुनबाट रोक लगाएको बेलालको आरोप छ।

    उनले भदौ ९ गते ३ जना प्रतिनिधि छनोट गर्नुपर्नेमा निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता भएपछि बदर उम्मेदवारका रूपमा सूचना जारी गरेकाहरुलाई समावेश गरी आफूलाई कुनै नेताको नजिक भएको नाममा रोकिएको गुनासो गरेका छन्।

    ‘म उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईलाई चिन्छु। लुम्बिनीमा एमाले बनाउन मैलै धेरै योगदान गरेको छु’, ०७४ सालका एमालेका तर्फबाट रुपन्देही क्षेत्र ५ ख का प्रदेशसभाका उम्मेदवारसमेत रहेका बेलालले दुःखेसो पोखे, ‘केन्द्रीय सदस्यले पार्टीको विधानविपरीत गएकाले त्यसको जवाफ केन्द्रीय नेतृत्वले दिनुपर्छ।’

    महासचिव शंकर पोखरेल समूहका नेता जिताउनका लागि गुटबन्दी गरेकाले आफूलाई रोकिएको हुनसक्ने उनको भनाइ छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ३ जना प्रतिनिधि निर्वाचित भएका छन्।

    खुलाबाट अब्दुल रहमान मुसलमान, दलितबाट कल्पना हरिजन र महिलाबाट सहिदुन निशा निर्वाचित भएको संयोजक टीकाकुमारी कट्टेलले जानकारी दिइन्। प्रतिनिधिहरू घर फर्किएपछि निर्वाचन गराउँदा आफूलाई नियोजित रूपमा अब्दुल रमानसँग पराजित गराइएको बेलालको गुनासो छ। सहिदुन निशाको भने प्रतिनिधि छनोटको दाबीविरोधको नतिजामा समर्थकको नाम जुधेको भन्दै नामावली बदर भएको थियो।

    यसैबीच एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको छ। लुम्बिनीको अधिवेशनले देशलाई नयाँ सन्देश दिने दाबी एमालेको छ।

    बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने प्रथम अधिवेशनले पार्टीको राजनीतिक जीवन प्रभावकारी तुल्याउने विश्वास व्यक्त गरिएको छ। सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्न लागेको हो। प्रदेश अधिवेशन ऐतिहासिक महत्त्वको रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कणेलले बताए। पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपराह्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा अधिवेशन उद्घाटन गर्नेछन्।

    उद्घाटनमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू उपस्थित रहनेछन्।

    अधिवेशनमा जम्मा एक हजार चार प्रतिनिधि छनोट भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology