बुटवल,भदौ १४ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.सुवर्णलाल बज्राचार्य नियुक्त भएका छन् ।
सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार उनलाई नियुक्त गरेका हुन् ।
विश्वविद्यालयमा उक्त पद विगत ६ महिनादेखि रिक्त थियो । प्रा.डा. बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट निवृत्त प्राध्यापक हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)