Logo बिहिवार, आश्विन १ गते २०८३
images

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टर यादवको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टर यादवको मृत्यु

  • 2.0K
    SHARES

  • टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टर यादवको मृत्यु

    मोरङ,भदाै १३ ।

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा आज बिहान भएको सवारी दुर्घटना हुँदा एक जना डाक्टरको मृत्यु भएको छ।

    उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा टिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डाक्टर निरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको टिपर एकापसमा ठक्कर हुदाँ मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए। 

    उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समय पछि यादवको मृत्यु भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology