बुटवल,मंसिर २७ ।
कपिलवस्तुको चन्द्रौटामा करिब दुई बर्षको बेवारिसे बच्चा अवस्थामा भेटिएका छन् । दाङबाट आएको ना ६ ख ७२२८ नम्बरको बसमा दुधेबच्चा भटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
दाङबाट आफन्त संगै चढेको बालक चन्दौटा आइपुग्दा कोहि आफन्त नभएपछि सवारी चालकले बच्चालाई वडा प्रहरी कार्यालय चन्द्रौटामा बुझाएको प्रहरीले जनाएको छ ।
बच्चा आफ्नो आफन्तसंगै चढेको बसमा सवार अन्य यात्रुह झरे तर बच्चालाई छोडेको बसका चालकले बताएका छन ।
जो कसैको बच्चा भए वडा प्रहरी कार्यालय चन्द्रौटामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । ती बालक प्रहरी कार्यालय चन्द्रौटामा छन् ९८५७०५५४६६ मा सम्पर्क गरि सहयोग गर्न अनुरोध गरिएकाे छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)