Logo बिहिवार, आश्विन १ गते २०८३
images

शिव टोल विकास संस्था कालिकानगरद्वारा सडक किनारमा बृक्षारोपण

शिव टोल विकास संस्था कालिकानगरद्वारा सडक किनारमा बृक्षारोपण

  • 1.4K
    SHARES

  • शिव टोल विकास संस्था कालिकानगरद्वारा सडक किनारमा बृक्षारोपण

    बुटवल,भदाै ११ ।

    बुटवल कालिकानगर सडक किनारमा ग्रीन बेल्ट सजाउन स्थानीयबासीले सक्रियता देखाएका छन् । शिव टोल विकास संस्थाको आयोजनामा ग्रीन बेल्ट निर्माण समिति बनाएर सडक किनारको ग्रीन बेल्ट सजाउन स्थानीयबासी जुटेका हुन् ।

    आज एक कार्यक्रमकाबीच ग्रीन बेल्टको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रा अर्यालले बिरुवा रोपेर उदघाटन गरिन् । उनले राम्राे काममा सधै साथमै रहने बताइन् । बुटवल सफा र हरियाली बनाउने अभियानमा सबैले साथ दिनपर्ने उनको भनाइ छ ।

    कालिका मानवज्ञान माबीको पारिपट्टी सडक किनारमा ५० बढी बिभिन्न प्रजातीका विरुवा रोपिएको टोल विकास संस्थाका सदस्य रविलाल सुबेदीले बताए ।

    युनाईटेड साइकल क्लवको सहयोगमा ग्रीनबेल्ट सजावत कार्यक्रममा उपप्रमुख अर्याल सहित होराईजन माबीका प्राचार्य लोकनाथ उपाध्याय, वडा न ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, शिव टोलविकास संस्थाका अध्यक्ष नारायण भट्टराई लगायतले चमेली, बारमासे फूल लगायतका प्रजातकिो विरुवा रोपेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology