Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लागु औषध प्रयोगकर्ता बढेपछि वडा प्रहरीले निगरानी बढाउँदैछ : प्रहरी निरीक्षक महेशराज पाठक

लागु औषध प्रयोगकर्ता बढेपछि वडा प्रहरीले निगरानी बढाउँदैछ : प्रहरी निरीक्षक महेशराज पाठक

  • 963
    SHARES

  • लागु औषध प्रयोगकर्ता बढेपछि वडा प्रहरीले निगरानी बढाउँदैछ : प्रहरी निरीक्षक महेशराज पाठक

    बुटवल,भदाै ११ ।

    वडा प्रहरी कार्यालय बुटवलमा  सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक महेशराज पाठकले समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा कसैसंग पनि सम्झौता नगर्ने बताएका छन् ।

    वडा प्रहरी प्रहरी कार्यालयमा पत्रकार भेटघाट गर्दै प्रहरी निरीक्षक पाठकले आफ्नो क्षेत्रभित्र शान्ती सुरक्षा कायम राख्न निरन्तर गस्ती बढाउने र सम्भावित क्षेत्रमा निगरानी अझै बढाउने बताए ।

    बुटवलमा लागु औषध प्रयोगकर्ता रहेका स्थानमा सर्च अभियान थाल्ने, रात्रिकालिन होटल व्यवसाय सञ्चालन हुने क्षेत्रमा निगरानी बढाउनु साथै अपराध नियन्त्रण गर्न विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने आफ्नो योजना रहेको बताए ।

    दुर्घटना न्यूनिकरणका लागि चेकजांच बढाउने, स्कुल तथा कलेजहरुमा सचेतनामुलक कार्यक्रम विद्यालय संगको सहकार्य गर्ने उनले बताए ।

    त्यस्तै उनले मोडिफाइ मोटरसाईकललाई पनि चेकजांच गर्ने कार्यलाई अगाडि बढाउने बताए ।oda police butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology