Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको घोषणा सभा हुने,प्रधानमन्त्री प्रचण्ड आउने

लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको घोषणा सभा हुने,प्रधानमन्त्री प्रचण्ड आउने

  • 1.2K
    SHARES

  • लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको घोषणा सभा हुने,प्रधानमन्त्री प्रचण्ड आउने

    बुटवल, भदौ १० ।

    लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको घोषणा सभा हुने भएको छ । मोर्चामा सहभागी चार दलका केन्द्रीय अध्यक्षको सहभागितामा भदौ १२ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रदेश मोर्चा घोषणा सभा हुने भएको हो ।

    मोर्चाले बुटवलमा पत्रकार सम्मेलन गरी सो सभाको तयारीमा जुटेको बताएको छ । घोषणा सभाको व्यवस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको नेकपाका लुम्बिनी ब्युरो इन्चार्ज वसन्त सीले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पोलिटब्युरो सदस्य एवम् पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज वसन्त सीले देशको राजनितिक अवस्था फेरिएको कारण देशमा विगतमा भएका आन्दोलनको उपलब्धिमाथि प्रहार हुने सम्भावना बढेको उल्लेख गर्नुभयो । उहाँले देश तथा विदेशी शक्तिको चलखेल बढ्न लागेको कारण मोर्चाको आवश्यकता रहेको बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले मोर्चाको मुख्य उद्देश्य सरकारको कार्यक्रमलाई सहयोग गरेर जाने भएको बताउनुभयो । तत्काल पार्टी एकताको लागि मोर्चा नभएको र कालान्तरमा पार्टी एकताको दिशामा उन्मुख भएको दाबी गर्नुभयो ।

    नेता शाक्यले मोर्चा कसैको विरुद्दमा नभएर विगतका परिवर्तनहरुको विरुद्धमा देखिएका षडयन्त्रको विरुद्धमा भएको उल्लेख गर्नुभयो ।मोर्चामा आबद्ध चार पार्टीका फरक मत रहे पनि मिल्ने कुराहरुमा साझा धारणा रहेको नेकपाका नेता शरद वलीले बताउनुभयो ।

    आगामी भदौ १२ गते बुटवलको अन्तर्राट्रिष्य सभाहलमा मोर्चाको प्रदेशस्तरीय घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता(कार्यकर्ताहरुको बाक्लो सहभागिता हुने मोर्चाले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology