Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैंकद्वारा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थीलाइ वित्तीय साक्षरता

एनएमबि बैंकद्वारा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थीलाइ वित्तीय साक्षरता

  • 2.1K
    SHARES

  • एनएमबि बैंकद्वारा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थीलाइ वित्तीय साक्षरता

    बुटवल,भदाै १० ।

    एनएमबि बैंक देविनगर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    बुटवल हाटबजार स्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्यनरत विद्यार्थीलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।बैंकका देविनगर शाखा प्रबन्धक निरज श्रेष्ठ, कर्मचारी सोनु पोखरेल र उषा रेग्मीले वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेका थिए ।

    उनीहरुले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान एसआइपि तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गराएका थिए ।

    कार्यक्रममा सहायक क्याम्पस प्रमुख रमेश प्रसाद पाण्डे र मनोज प्रसाद सापकोटा तथा ब्यवस्थापन सन्काय संयोजक कृष्ण खनालले एनएमबि बैंकले प्लस टु लेभल ब्यवस्थापन तहमा अध्यनरत विद्यार्थीलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा आभार व्यक्त गरे ।

    वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology