Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नागरिकता र जन्मदर्ता : कर्मचारी र जनप्रतिनिधिहरुलाई कानूनी सचेतना आवश्यक

नागरिकता र जन्मदर्ता : कर्मचारी र जनप्रतिनिधिहरुलाई कानूनी सचेतना आवश्यक

  • 957
    SHARES

  • नागरिकता र जन्मदर्ता  : कर्मचारी र जनप्रतिनिधिहरुलाई कानूनी सचेतना आवश्यक

    बुटवल,भदौ ८ ।

    महिला कानून तथा विकास मञ्च (एफडब्लूएलडी ) ले  बुटवलमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता ) सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

    बुटवल उपमहानगरपालिका जनप्रतिनिधि र वडा सचिवहरूलाई कानूनी पहिचान सहजताका लागि छलफल-अन्तरक्रिया गरेको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कानूनभन्दा दायाबाया नगरी काम गर्नुपर्ने बताए ।

    पाण्डेयले नागरिकताका विषयमा समस्याहरू आउने गरेको बताउँदै संविधान र कानूनमा टेकेर काम गर्नुपर्ने बताए । समय समयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई कानूनी सचेतना आवश्यक रहेको मेयर पाण्डेयले जोड दिए ।

    रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले नागरिकलाई पाउनुपर्ने सेवा सहज रुपमा पाउनुपर्ने र नमिल्ने कुरा गर्न नहुने कर्मचारी र वडा अध्यक्षहरुलाई आग्रह गरे । अर्यालले नागरिकताका विभिन्न सिफारिसहरुमा संवेदनशील बन्न सबैलाई आग्रह गरे । कार्यक्रममा प्रस्तुतीकरण व्यक्त गर्दै अधिवक्ता सविन श्रेष्ठले विभिन्न घटनाक्रम दर्ता विवरणहरु थप भएको बताउँदै अध्ययन गर्नुपर्ने बताए ।

    कार्यक्रममा महिला कानून तथा विकास मञ्च रुपन्देही जिल्ला संयोजक नागेन्द्र बस्याल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, महिला कानून तथा विकास मञ्चका कार्यक्रम अधिकृत विनोदचन्द्र देवकोटा लगायतले बोलेका थिए । कार्यक्रममा वडा अध्यक्षहरू र वडा सचिवहरू सहभागी थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology