Logo शनिवार, श्रावण १६ गते २०८३
images

संसद्को अवरोध हट्यो,सुन तस्करी छानबिनका लागि असोज ५ गते आयोग बन्ने (सहमतिपत्र)

संसद्को अवरोध हट्यो,सुन तस्करी छानबिनका लागि असोज ५ गते आयोग बन्ने (सहमतिपत्र)

  • 2.4K
    SHARES

  • संसद्को अवरोध हट्यो,सुन तस्करी छानबिनका लागि असोज ५ गते आयोग बन्ने (सहमतिपत्र)

    काठमाडौँ,भदाै ६ ।

    संसद्को अवरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सहमति भएको छ । असोज ५ मा आयोग गठन गरी सोही दिनदेखि छानबिन आयोगले काम थाल्ने सहमति भएको हो ।

    बुधबार बिहान पौने १२ बजेदेखि बैठक बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जसपाका प्रमुख सचेतक प्रदीप यादव, राप्रपाका नेता बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको थियो ।

    सरकार सुन तस्करीको छानबिन गर्नका लागि समिति गठन गर्नका लागि तयार भएको छ । त्यसको कार्यविधि र कार्यक्षेत्र लगायतका विषयमा मस्यौदा तयार गर्नका लागि कार्यदल पनि गठन गरिएको छ ।

    साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६१ किलोभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।उक्त तस्करी प्रकरणको छानबिन माग गर्दै साउन १० यता संसद्का दुवै सदनमा एमालेले अवरोध जारी राखेको छ ।

    सहमति पत्र :sahamati-patra.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology