अर्घाखाँची ,मंसिर २७ ।
नेकपाका नेता तथा पुर्ब उपप्रधान मन्त्री टोपबहादुर रायमाझीले नेकपा फुटेमा १० बर्षे जनक्रान्ती र १९ दिने जन आन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएका छन् । यो सरकार ढल्यो भने न नेकपाको हातमा, न नेपाली कांग्रेसको हातमा हुने खतरा रहेको उनको भनाइ छ ।
उनले नेकपाबाट नेपाली कांग्रेसमा सरकार गएपनि प्राप्त गरेका उपलब्धीहरु सुरक्षित रहनेथिए । तर त्यो पनि हुन नसक्ने खतरा देखा परेको बताए ।
उनले नेपाली जनताले दिएको म्यान्डेट अनुसार चल्न नसकेमा नेकपा संगै सयौ बर्ष लडेर ल्याएको गणतन्त्र समेत धरापमा पर्ने बताउदै गणतन्त्र र संघियताको रक्षाको लागि पनि नेकपा एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताए ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका २ र ४ मा लालपुर्जा बितरण गर्दै नेकपाका नेता रायमाझिले १२ बुदे समझदारी गराउने नायक गिरीजा बाबुलाई राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बनाएको भए शान्ती प्रकृयाका धेरै काम टुंगोमा पुग्ने नेता रायमाझिको भनाई छ । तर त्यो बेला माओवादी भित्र दम्भ पलाएका कारण गिरीजा राष्ट्रपति नबनेपछि शान्ताी प्रकृयाका काम पनि अधुरो रहेको बताए । उनले नेपाली कांग्रेसले आफ्नै सरकार आफै ढाले जस्तै नेकपाले पनि त्यही गर्न खोजिरहेको बताए । प्रतिपक्ष भन्दा पनि सरकार ढाल्न नेकपाका नेताहरु लागि परेको उनको भनाई छ ।
सरकार भ्रष्टाचारमा रोमलियाे:भुसाल
नेपाली कांग्रेसकी नेता तथा संसदीय दलकी सचेतक पुस्पा भुसालले बर्तमान सरकारले जनतालाई झुट्ठा आश्वासन मात्र बाडिरहेको बताउदै नेताहरु कुर्ची र सत्तामा रोमलिएको उनको आरोप छ । बहुमत प्राप्त दल भएपनि जनताको पक्षमा कतिपनि काम गर्न नसकेको उनको आरोप छ ।
बर्तमान सरकार भ्रष्टाचारमा रोमलिएको बताउदै युवाहरुलाई स्वरोजगार सृजना गर्न र उत्पादन बृद्धि गर्ने खालका कार्यक्रम ल्याउन नसकेका कारण देश झन पछि झन पछि धकेलिएको बताएकी छन् ।
द्धन्द्धको समयमा नक्साबिहीन भएको अर्घाखाँची जिल्लाका ३१ वडामा जग्गाधनी प्रमाण पुर्जा बितरण गर्न शुरु गरिएको बिशेष नापी कार्यलय अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताए । उनले डिजीटल प्रबिधीबाट निर्माण गरिएको लालपुर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्य, निर्मला क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, छबदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेल, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, छबदेव २ का वडा अध्यक्ष राजेस पन्थी, ४ का वडा अध्यक्ष अशोक श्रेष्ठ, नेकपाका जिल्ला सदस्य रामलाल पराजुली, नेपाली कांग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम विशेष नापी कार्यलय अर्घाखाँचीका प्रमुख खिम रानाको अध्यक्षता र माधव अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)