Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

एमाले बुटवलद्वारा ट्राफिकचोकमा आँखा शिविर,२६८ जनाले गराए आँखा जाँच

एमाले बुटवलद्वारा ट्राफिकचोकमा आँखा शिविर,२६८ जनाले गराए आँखा जाँच

  • 1.4K
    SHARES

  • एमाले बुटवलद्वारा ट्राफिकचोकमा आँखा शिविर,२६८ जनाले गराए आँखा जाँच

    बुटवल,भदौ ५ ।

    नेकपा एमाले बुटवल उपमहानगर कमिटीले सर्वसाधारणलाई लक्षित गर्दै बुटवलको ट्राफिक चोकमा आँखा शिविर कार्यक्रम आईतबार सम्पन्न गरेको छ ।शिविरमा बुटवल नगरका १९ वटै वडाका करिब ४०० जनाको सहभागीता रहेकोमा २६८ जनाले आँखा जाँच गराएका छन् । 

    शिविरमा परिक्षण गराउनेहरुमा अहिले देखिएको आँखा पाक्ने समस्या, आखाँमा पानी कम हुनु , मोतियाबिन्दु लगायत आखाँको सरसफाईमा ध्यान नदिदा देखिने समस्याहरु देखिएको शिविरको स्वास्थ्य परिक्षणमा सेवा दिनुभएकी लुम्बिनी रणअम्बिका शाह आँखा अस्पतालकी नेत्ररोग बिशेषज्ञ डाक्टर विनिता भट्टराईले जानकारी दिनुभयो । शिविरमा भट्टराई ,नेत्र सहायक टंक गैरे , प्रभात जीसी सहित ४ जनाको टोलिले सेवा दिएको आंखा शिविरमा चेकजांच गरी औषधि र आवश्यक परामर्श दिएको नगर सचिव मेघराज भट्टराईले जानकारी दिनुभयो । 

    नागरिकसँग पार्टीलाई जोड्न र उनीहरुको स्वास्थ्य समस्या पार्टीको जिम्मेवारी भएको महशुस गर्दै आँखा शिविर गरिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिनुभयो ।नेकपा एमाले बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडामा बिभिन्न चेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । ज्ञवालीले प्रत्येक महिना जनतासंग जोडिने गरि कार्यक्रमहरु वडास्तरमा चलाउने योजना रहेको बताउनुभयो ।

    राजनितिक दलका नेताहरु निर्वाचनको समयमा मात्र घरदैलो गर्छन्, भन्ने मानसिकतालाई चिर्नपनि आवश्यक छ ,त्यसैले यस प्रकारका कार्यक्रमको बार्षिक कार्ययोजना बनाएर अगाडी बढेका छौ ,उहाँले भन्नुभयो ।स्वास्थ्य शिविर कार्यकक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले सबैभन्दा पहिला नागरिक स्वस्थ हुन आवश्यक रहेको बताउदै नागरिकसंग समाज र समाजसंग राजनीति जोडिएकोले यस्ता कार्यक्रम निरन्तर गर्न आवश्यक रहेको औल्याउनुभयो । 

    न्यौपानेले  नागरिकका हरेक सुख दुखमा एमाले साथ रहेको भन्दै अहिलेको समय आँखा पाक्ने रोगको प्रकोप समेत बढिरहेकाले सर्वसाधारणलाई लक्षित गर्दै आँखा शिविर गरिएको बताउदै यस्ता सामाजिक, मानवीय र रचनात्मक कार्यलाई एमालेले निरन्तरता दिंदै जाने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले नागरिकसंग लक्षित कार्यक्रम निरन्तरता दिदैजाने बताउनुभयो । s.jpg

    एमाले बुटवलनगर इन्चार्ज ऋषि पाण्डेले जिवनमा सबैभन्दा ठुलो सम्पत्ति भनेकै स्वास्थ्य भएकाले नागरिक स्वस्थ हुनसके सबैकामहरु गर्न सहज हुने भएकाले पनि यस्ता महत्वपुर्ण कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाहहुने बताउनुभयो ।  नगर कमिटी उपाध्यक्ष शोभाखर पोखरेलले जनतासंग जोडिने अभियानका रुपमा वडास्तरमा कार्यक्रम बनाएर लागेको बताउनुभयो  । 

    नेकपा एमाले बुटवलनगरले पछिल्लो समय वडास्तरीय कार्यक्रमहरु बृक्षरोपण ,डेंगु नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम,रक्तदान कार्यक्रम,महिलाको पाठेघरको निदान सम्बन्धी निशुल्क स्वास्थ्य शिविर , सुगर प्रेसर र कोलस्टोर सम्बन्धी शिविर लयागतका कार्यक्रम सम्पन्न गरिसकेको छ भने अझैकेही वडामा बृहत स्वास्थ्य शिविर र चेतनामूलक कार्यक्रम तय गरिएकोे एमाले नगरकमिटीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology