Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माओवादी केन्द्रलाई सरकार बाहिर राख्ने प्रयास भइरहेको छ: उपमहासचिव पुन

माओवादी केन्द्रलाई सरकार बाहिर राख्ने प्रयास भइरहेको छ: उपमहासचिव पुन

  • 1.3K
    SHARES

  • माओवादी केन्द्रलाई सरकार बाहिर राख्ने प्रयास भइरहेको छ: उपमहासचिव पुन

    काठमाडौँ,भदाै ५ ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रलाई सरकार बाहिर राख्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

    माओवादीको उपत्यका विशेष प्रदेश समितिको बैठकमा उनले हरेक कोणबाट माओवादीलाई दबाब आइरहेको दाबी गरेका हुन् ।उपमहासचिव पुनले एमाले, रास्वपा, राप्रपासहित सरकार र कांग्रेस९एमालेको सरकार बनाउने प्रयास भएको बताए ।

    उनले माओवादी केन्द्रले राम्रो काम गरिरहेकाले सम्भव नभएको भन्दै उक्त प्रयास असफल भएको बताए । उपमहासचिव पुनले यस्ता प्रयास रोक्न  संगठनको आवश्यक रहेको बताउँदै तीन महिने अभियान सफल बनाउन आग्रह गरे । 

    उपमहासचिव पुनले माओवादीले गरेको कामहरूको प्रचार गर्न आवश्यक रहेको चर्चा गर्दै तीन महिनामा नतिजा देखिने गरी काम गर्नुपर्ने बताए । 

    माओवादी नेतृत्वको सरकारले राम्रो काम गरिरहेको र जनताले पनि साथ दिएको कारण यसको फाइँदा पार्टीले लिनु पर्ने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology