Logo बुधवार, श्रावण १३ गते २०८३
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या चाँडै समाधान हुन्छ : उपप्रधानमन्त्री खड्का

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या चाँडै समाधान हुन्छ : उपप्रधानमन्त्री खड्का

  • 1.0K
    SHARES

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या चाँडै समाधान हुन्छ : उपप्रधानमन्त्री खड्का

    बुटवल,भदाै ३ ।

    उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या चाँडै समाधान गर्ने बाटोमा अघि बढ्ने बताउनु भएको छ । उहाँले अहिलेको स्रोतसाधनले भ्याएसम्म र ऐन कानूनले अफठ्यारो नपार्ने अवस्थामा चाँडै नै समाधान गर्ने बाटोमा अघि बढ्ने बताउनुभयो ।

    नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले विमानस्थलबारे उचित तरिकाले टुंगो लगाउन नसकिएको बताउनुभयो  । उहाँले पर्यटकको ओइरो लाग्ने, आर्थिक उन्नतिको आधार बन्ने ठूलो सपना देखेर नै विमानस्थलमा धेरै ठूलो लगानी भएको बताउनु भयो  ।  

    मुलुकको अर्थतन्त्रले अनुमति दिन नसक्ने कुराबाहेक संघीय शिक्षा ऐन, संघीय निजामति सेवा ऐन, संघीय प्रहरी ऐन सबै अगाडि बढ्ने र चाँडै नै संसद्मा दर्ता गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

    उपमहानमन्त्री खड्काले प्रतिनिधि सभाले ऐन बन्न ढिला भएका कारण प्रदेश र स्थानीय तहको काममा पनि समस्या आएको सबैलाई जानकारी भएकै विषय भएको बताउनुभयो  । उहाँले शिक्षक महासंघ, प्याब्सन, विद्यालय व्यवस्थापन समिति लगायत क्षेत्रहरुको समस्याको सम्बोधन हुने गरी काम अघि बढेको जानकारी दिनुभयो । 

    उपप्रधानमन्त्री खड्काले भारतबाट १ सय रुपैयाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा जनताले विभिन्न दुःखकष्ट भोग्नुपरेको कुरा उठेको बताउनुभयो । नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले कांग्रेस जनताको सुख र दुःख दुवैमा साथी रहेको बताउनु भयो  ।

    उहाँले कांग्रेसको सिद्वान्त र विचारसँग जनताको कुनै प्रश्न नरहेको दावी गर्नुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology