Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

आजदेखि सीजी शाश्वतधाममा धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीको प्रवचन

आजदेखि सीजी शाश्वतधाममा धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीको प्रवचन

  • 1.1K
    SHARES

  • आजदेखि सीजी शाश्वतधाममा धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्रीको प्रवचन

    बुटवल,भदौ २ ।

    नवलपरासीको सिजी शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नुहुने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले नागरिक अनलाइनलाइ बताउनुभयो ।

    बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान ८ः३० बजे काठमाडौँबाट भरतपुर विमानस्थल हुँदै शास्वतधाममा आउनुहुने धितालले बताउनुभयो ।

    “शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने छ”, उहाँले भन्नुभयो, “हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।”

    तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताउनुभयो । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ ।bajeshor baba sarkar.jpg

    शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

    उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गर्नुभएको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आउनुभएको हो । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ ।

    शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आर्कषक शैलीको हिन्दू मन्दिर हो । यहाँ संस्कृत गुरुकुलसमेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ । आगामी सोमबार शास्त्री चितवनको मेघौलीस्थित होटल ताज सेराइमा रहने र भोलिपल्ट काठमाडौँ हुँदै सोही दिन राति दिल्ली जाने कार्यक्रम तय भएको धितालले बताउनुभयो ।बागेश्वर बाबा.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology