Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

हेल्लो सरकार अवदेखि २४ घण्टा खुला,जनसरोकारका विषय र गुनासाहरू राख्न पाइने

हेल्लो सरकार अवदेखि २४ घण्टा खुला,जनसरोकारका विषय र गुनासाहरू राख्न पाइने

  • 1.3K
    SHARES

  • हेल्लो सरकार अवदेखि २४ घण्टा खुला,जनसरोकारका विषय र गुनासाहरू राख्न पाइने

    काठमाडौँ,भदाै २ ।

    हेल्लो सरकार अव २४ घण्टा खुला रहने भएको छ । आठ घण्टाका दरले तीन सिफ्टमा रहेर गुनासोहरू टिपोट गरी कार्यान्वयन गर्नका लागि यो सेवालाई थप विस्तार गरी काम अघि बढाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 

    सरकारसँग चित्त नबुझेका विषय र सरकारी कर्मचारीले गरेका काम कारबाहीलाई थप सुधार गर्न आफ्ना सुझाव र गुनासाहरू राख्न पाइने आचार्यले जानकारी दिनुभयो ।

    प्रत्येक नेपालीले सरकारलाई सुझाव दिनु जरुरी छ त्यसैले हेलो सरकारको टोल फ्री नम्बर ११११ मा एनटिसी र एनसेलको नम्बरबाट कल गर्न सक्ने व्यवस्था गरेको जनाएको हो । सरकारले जनतासँगको सरोकारका विषय र गुनासाहरू राख्न पाउने गरी सुरुवात गरेको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology