Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मी छत्रकोटका जनताले अब नि:शुल्क रगत पाउने 

गुल्मी छत्रकोटका जनताले अब नि:शुल्क रगत पाउने 

  • 843
    SHARES

  • गुल्मी छत्रकोटका जनताले अब नि:शुल्क रगत पाउने 

    आकाश सुवेदी/गुल्मी भदौ १ ।

    गुल्मीको छत्रकोट गाउँपालिकाका जनताले अव निशुल्क रगत पाउने भएका छन । छत्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीबीच निशुल्क रगत उपलब्ध गराउने बिषयमा शुक्रवार सहमति भएको हो ।

    छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले छत्रकोटका जनतालाई अव रगत आवश्यक परेमा कुनैपनि प्रकारको रकम तिर्नु नपर्ने बताउनु भयो ।

    निशुल्क रगतका लागि नेपाल रेडक्रस सोसाईटी अन्तर्गतको रक्तसंचार सेबा केन्द्र बुटवल र भैरहवाबाट सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ ।

    पालिकाका अध्यक्ष पाण्डेले छत्रकोटबासीले आफ्नो ठेगाना खुल्ने परिचय पत्र लिएर रक्तसंचार सेवा केन्द्रबाट निशुल्क रगत पाउने बताउनु भयो । अध्यक्ष पाण्डेले पालिका र रेडक्रसवीचको यो सम्झौताले पैसाको अभावमा उपचार गराउन सकस परेका बिरामीलाई धेरै राहत पुग्ने बताउनु भयो ।

    पालिकाले स्थानीय जनतालाई राहत दिनेगरि आगामी दिनमा थप कार्यक्रम ल्याउने समेत प्रतिवद्धता जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र १ २०८००८:१०:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology