Logo बुधवार, श्रावण १३ गते २०८३
images

संघीय निजामती सेवा ऐन चाँडै संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

संघीय निजामती सेवा ऐन चाँडै संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

  • 1.1K
    SHARES

  • संघीय निजामती सेवा ऐन चाँडै संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री पूर्णबहादुर खड्का

    काठमाडौँ,भदाै १ ।

    उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकसेवा आयोगले समिति दिएको सात दिनमा संघीय निजामती सेवा ऐन संसदमा दर्ता हुने बताएका छन् ।

    कांग्रेस निकट निजामती कर्मचारीको भेलामा बोल्दै कांग्रेस उपसभापति समेत रहेका खड्काले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर चाँडै संसदमा दर्ता गरिने बताएका हुन् ।‘लोक सेवा आयोगले सहमति दिएको सात दिनभित्र संसदमा निजामती सेवा ऐन दर्ता हुन्छ ।

    निजामती सेवा ऐन पारित हुँदा सेवाग्राहीले सम्मानपूर्वक छिटो छरितो सेवा पाउने संविधानको हकको प्रत्याभूति हुने छ ,’ उनले भने-‘निजामती सेवा ऐन पारित गर्ने प्रतिबद्धता गठबन्धन दलहरु, वर्तमान सरकार र संसदको छ भन्ने कुरा विश्वासका साथ व्यक्त गर्न चाहन्छु । त्यही अनुसार छलफल भएको छ।’ 

    संघीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको उपप्रधानमन्त्री खड्काले बताए । ‘संघीय निजामती कर्मचारी र राष्ट्र सेवकहरुका हक हित, वृद्धि विकास, पेशाको संविधानले दिएको अधिकारको संरक्षण हुने गरी संघीय निजामती सेवा ऐनमा सम्बोधन गर्न हामीले गम्भीर प्रयत्न गरिरहेका छौं,’ उनले भने ।

    मुलुकको अर्थतन्त्र ऋिणात्मक रहेको भन्दै ठूलो आर्थिक दायित्व पर्ने गरी सहुलियत र सुविधाहरु संघीय निजामती सेवा ऐनमा नसमेटिने उनको भनाइ छ । ‘आर्थिक मामिलासँग जोडिएका कुराहरुमा केही समझदारी गर्नुपर्ने छ । राष्ट्रसेवक कर्मचारीलाई भएको अप्ठ्यारो फुकाउन सरकार खुला छ ,’ उनले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology