Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा डेंगी परीक्षण अबदेखि ६ सयमा हुने

बुटवलमा डेंगी परीक्षण अबदेखि ६ सयमा हुने

  • 2.1K
    SHARES

  • बुटवलमा डेंगी परीक्षण अबदेखि ६ सयमा हुने

    बुटवल,साउन ३२।

    बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको अनुरोधमा मेलान रुपन्देहीले तीन महिनाको लागि ६ सय रुपैंयामा डेंगीको संक्रमण भए नभएको परीक्षण गर्ने निर्णय गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराउनुभयो ।

    यस अगाडि डेंगी परीक्षण गरे वापत १ हजार रुपैंया लिईँदै आएको र बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा विरामीलाई सहुलियत प्रदान गर्ने गरी निर्णय गरिएको उहाँले जानकारी गराउनुभयो ।

    देशभर महामारीको रुपमा फैलिरहेको डेंगी संक्रमण नियन्त्रणको लागि नगरपालिकाले त्यस विरुद्धको अभियान सञ्चालन गरेको छ भने बुटवल उपमहानगरपालिका पनि उच्च जोखिममा रहेको औंल्याउँदै नगरप्रमुख स्तरीय निर्णय गरेर नगरपालिकाको विशेष सहयोगमा डेंगी संक्रमण परीक्षण दस्तुर ६ सय रुपैंया हुनेगरी लागु गर्न सम्बन्धित स्वास्थ्य संस्थाहरु (ल्याव)लाई अनुरोध गरिएको थियो ।

    मेलान रुपन्देहीको बुधबार साँझ बसेको बैठकले नगरपालिकाको अनुरोध अनुसार २०८० असोज मसान्त सम्मको लागि ६ सय रुपैंयामा डेंगी संक्रमण परीक्षण गर्ने निर्णय गरिएको अध्यक्ष पौडेलले बताउनु भयो ।danguee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology