बुटवल,साउन ३१ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ ।
सरकार हिजो राति देखि बढाएको पेट्रोलमा मुल्य ५ रुपैया र डिजेलमा १४ रुपैयाँ वृद्धि गरेको भन्दै बुटवल बहुमुखी क्याम्पस अगाडि १ घण्टा चक्का जाम गरेको हो । चक्का जाम बिहान सात बजे देखि आठ बजे सम्म बुटवल क्याम्पस अगाडि गरिएको थियो ।
सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री प्रचण्ड राजिनामा दे, मुल्य बृदि फिर्ता गर, नालायक सरकार राजिनामा दे लगायतका नारा लगाएका थिए ।
सरकारले निरन्तर पेट्रोल र डिजेलको मुल्य नघटाए सम्म आन्दोलनका कार्यक्रम निरन्तर गरिरहने अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष कृष्ण पाण्डे ले बताए
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)