बुटवल,साउन २९ ।
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले बुटवलमा एक दिने तनाव व्यवस्थापन तथा सकारात्मक दृष्टिकोण सम्बन्धि तालिम गरेको छ।
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको नियमित कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको संस्थाका उपाध्यक्ष ढक बहादुर टण्डनले बताउनुभयो ।करिब १५० जनाको सहभागी भएको कार्यक्रममा अंतरराष्ट्रीय प्रशिक्षक लाइफ कोच ऋषि न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । न्यौपानेले मानिस खुसी हुन र सफल जीवन जिउन सकारात्मक सोच राख्नु पर्ने र मानसिक रुपमा पनि स्वस्थ रहनुपर्ने बताउनुभयो ।
अध्यक्ष उषा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगर कार्यपालिका सदस्य सुरज वरालको अतिथ्यता , सल्लाहकार टिकाराम पन्थी तथा निवर्तमान सल्लाहकार धर्मविर खत्रीको सैजन्य,बुटवल पब्लिक स्कुलको ब्यबस्थापकिय सहयोग सहित कार्यक्रम भएको अध्यक्ष उषा खत्रीले बताउनुभयो ।
कार्यक्रममा पूर्वअध्यक्ष एवं प्रमूख सल्लाहकार हुमनाथ ज्ञवाली ,बुटवल पब्लिक स्कुलका सस्थापक तथा विशिष्ट सल्लाहाकार हेमलाल शर्मा , सल्लाहाकार गोबिन्द अर्याल , सल्लाहकार कर्ण व. टण्डन, सल्लाहाकार हिराधर अर्याल,सल्लाहकार भिमसेन कार्कि , कार्यसमितिका सदस्य, आजिवन सदस्य ,सदस्य हरुको उपस्थिति रहेको थियो। हेमलाल भूषाल लगायतले शुभकामना व्यक्त गर्दै सकारात्मक सोचका साथ अगाडि बढन सके मानिस सफल हुने, बताउनु भएको थियो।
सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीको धन्यवादमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सस्थाकी सह-सचिव सुमित्रा टण्डन गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)